शिल्पी कला समूहको "दृश्य धमिलो" सडक नाटक: पाँचखालमा "प्रोजेक्ट सखी" अन्तर्गत क्यान्सरविरुद्ध जनचेतनामूलक अभियान
मोक्क्षको आयोजना र शिल्पी कला समूहको मुक्तरङ्गमञ्च प्रस्तुति "दृश्य धमिलो" (निर्देशन: पवित्रा खड्का) मार्फत पाँचखालमा स्तन र गर्भाशय मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउन सडक नाटक सञ्चालन हुँदैछ। विहान १०:०० देखि १२:०० बजेसम्म हुने यो नाटक असोज २३ देखि २६ गतेसम्म विभिन्न विद्यालय तथा नगरपालिका परिसरमा प्रदर्शन गरिनेछ।

मोक्क्ष सामाजिक कल्याण तथा विकास प्रतिष्ठान नेपालको आयोजनामा महिला स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै सञ्चालित "प्रोजेक्ट सखी" अभियान अन्तर्गत शिल्पी कला समूहको मुक्तरङ्गमञ्चबाट विशेष सडक नाटक "दृश्य धमिलो" प्रदर्शन हुँदैछ। पवित्रा खड्काद्वारा निर्देशित यस नाटकले समुदायमा स्तन क्यान्सर र गर्भाशय मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र प्रारम्भिक जाँचको महत्त्व बुझाउने लक्ष्य लिएको छ। "स्वस्थ महिला, स्वस्थ समाज" को नारालाई आत्मसात् गर्दै सञ्चालित यस अभियानले महिलाहरूलाई स्वास्थ्य चौकीको पहुँचसँग जोड्न मद्दत गर्नेछ।
नाटक प्रदर्शनका मिति र स्थानहरू यसप्रकार छन्:
असोज २३: भगवती मा.वि., खरेलथोक (वडा नं. ११)
असोज २४: सृजना आधारभूत विद्यालय, घुमाउनेचौर (वडा नं. ९)
असोज २५: आजाद मा.वि., बालुवा (वडा नं. १२)
असोज २६: पाँचखाल नगरपालिका कार्यालय प्राङ्गण (वडा नं. ४)
समय: बिहान १०:०० देखि दिउँसो १२:०० बजेसम्म।


