मुख्य सामग्रीमा जानुहोस्
मोक्क्ष नेपाल
सबै कार्यक्रम

प्रोजेक्ट सखी - दिन १: भगवती मा.वि., खरेलथोक

अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको अवसरमा, पाँचखालको भगवती मा.वि., खरेलथोकमा शिल्पी कला समूहको "दृश्य धामिलो" नाटकबाट "प्रोजेक्ट सखी" को पहिलो दिनको कार्यक्रम सम्पन्न भयो।

कार्यक्षेत्र
भगवती माध्यमिक विद्यालय, खरेलथोक (वडा नं. ११, पाँचखाल)

अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाइरहँदा, मोक्क्ष सामाजिक कल्याण तथा विकास प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित "प्रोजेक्ट सखी" अन्तर्गत पहिलो दिनको कार्यक्रम असोज २३ गते भगवती माध्यमिक विद्यालय, खरेलथोक (वडा नं. ११, पाँचखाल) मा सम्पन्न भयो। शिल्पी कला समूहको मुक्तरङ्गमञ्चद्वारा प्रस्तुत "दृश्य धामिलो" सडक नाटकमा फोरम थिएटर (Forum Theatre) शैली अपनाइएको थियो। यस प्रस्तुतिमा कलाकारहरूले समाजका यथार्थ समस्याहरू मञ्चन गरेर देखाएका थिए भने दर्शक तथा समुदायसँगै मिलेर त्यसको समाधानका उपायहरूबारे छलफल र खोजी गरिएको थियो। "स्वस्थ महिला, स्वस्थ समाज" को नारा बोकेको यस पहिलो दिनको कार्यक्रमले महिलाहरूलाई प्रारम्भिक जाँच र नियमित स्वास्थ्य परीक्षणको महत्त्व बुझाउनुका साथै स्वास्थ्य चौकीको पहुँचमा जोड्न सफल सुरुवात गरेको छ।

कार्यक्रमले के गर्छ

  • अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको अवसरमा पाँचखालमा विशेष जनचेतना
  • शिल्पी कला समूहको मुक्तरङ्गमञ्चद्वारा "दृश्य धामिलो" सडक नाटकको सफल प्रदर्शन
  • फोरम थिएटर शैलीमार्फत समाजका समस्या देखाउँदै दर्शकहरूसँगै समाधानको खोजी
  • महिला स्वास्थ्य, प्रारम्भिक जाँच र नियमित परीक्षणको महत्त्वमाथि विशेष जोड
यो कार्यक्रममा सहयोग गर्नुहोस्
अर्को कार्यक्रमप्रोजेक्ट सखी - दिन २: सृजना आधारभूत विद्यालय, घुमाउनेचौर
सहभागिता

यो काममा तपाईंको ठाउँ छ