प्रोजेक्ट सखी - दिन २: सृजना आधारभूत विद्यालय, घुमाउनेचौर
अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको निरन्तरतामा, पाँचखालको सृजना आधारभूत विद्यालय, घुमानीचौरमा शिल्पी कला समूहको "दृश्य धामिलो" नाटकसहित "प्रोजेक्ट सखी" को दोस्रो दिनको कार्यक्रम सम्पन्न भयो।
- कार्यक्षेत्र
- सृजना आधारभूत विद्यालय, घुमाउनेचौर (वडा नं. ९, पाँचखाल)

अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको सन्दर्भलाई अगाडि बढाउँदै, मोक्क्ष सामाजिक कल्याण तथा विकास प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित "प्रोजेक्ट सखी" अन्तर्गत दोस्रो दिनको कार्यक्रम असोज २४ गते सृजना आधारभूत विद्यालय, घुमानीचौर (वडा नं. १, पाँचखाल) मा सम्पन्न भयो। शिल्पी कला समूहको मुक्तरङ्गमञ्चद्वारा प्रस्तुत "दृश्य धामिलो" सडक नाटकमा फोरम थिएटर (Forum Theatre) शैली अपनाइएको थियो। यस प्रस्तुतिमा कलाकारहरूले समाजका यथार्थ समस्याहरू मञ्चन गरेर देखाएका थिए भने स्थानीय समुदाय र दर्शकहरूसँगै मिलेर त्यसको समाधानका उपायहरूबारे छलफल गरिएको थियो। यस कार्यक्रममा उपस्थित आम जनसमुदायबाट अत्यन्तै सकारात्मक र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो। साथै, यस अवसरमा डा. रुबिना केसीद्वारा ३० भन्दा बढी महिलाहरूलाई स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। "स्वस्थ महिला, स्वस्थ समाज" को नारा बोकेको यस कार्यक्रमले महिलाहरूलाई प्रारम्भिक जाँच, नियमित स्वास्थ्य परीक्षणको महत्त्व र स्वास्थ्य चौकीको पहुँचसँग जोड्न निरन्तर प्रेरणा दिइरहेको छ।
कार्यक्रमले के गर्छ
- अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको अवसरमा पाँचखालको घुमानीचौरमा विशेष जनचेतना
- शिल्पी कला समूहको मुक्तरङ्गमञ्चद्वारा "दृश्य धामिलो" सडक नाटकको दोस्रो दिनको सफल प्रदर्शन
- फोरम थिएटर शैलीमार्फत समाजका यथार्थ समस्या देखाउँदै दर्शकहरूसँगै समाधानको खोजी
- महिला स्वास्थ्य, प्रारम्भिक जाँच र नियमित स्वास्थ्य परीक्षणको महत्त्वमाथि निरन्तर जोड
- ३०+
- डा. रुबिना केसीद्वारा स्वास्थ्य परामर्श प्राप्त महिलाहरू
