प्रोजेक्ट सखी - दिन ३: आजाद माध्यमिक विद्यालय, बालुवा
स्तन र गर्भाशय मुखको क्यान्सरबाट अत्यधिक प्रभावित वडा नं. १२, बालुवामा अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको अवसरमा शिल्पी कला समूहको "दृश्य धामिलो" नाटक तथा डा. रुबिना केसीद्वारा स्वास्थ्य परामर्शसहित "प्रोजेक्ट सखी" को तेस्रो दिनको कार्यक्रम सम्पन्न भयो।
- कार्यक्षेत्र
- आजाद माध्यमिक विद्यालय, बालुवा (वडा नं. १२, पाँचखाल)

अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको सन्दर्भलाई निरन्तरता दिँदै, मोक्क्ष सामाजिक कल्याण तथा विकास प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित "प्रोजेक्ट सखी" अन्तर्गत तेस्रो दिनको कार्यक्रम असोज २५ गते आजाद माध्यमिक विद्यालय, बालुवा (वडा नं. १२, पाँचखाल) मा सम्पन्न भयो। स्तन क्यान्सर र गर्भाशय मुखको क्यान्सरको जोखिम तथा प्रभावले अत्यधिक प्रभावित यस क्षेत्रमा जनचेतना फैलाउनु अतिआवश्यक रहेको थियो। शिल्पी कला समूहको मुक्तरङ्गमञ्चद्वारा प्रस्तुत "दृश्य धामिलो" सडक नाटकमा फोरम थिएटर (Forum Theatre) शैली अपनाइएको थियो। यस प्रस्तुतिमा कलाकारहरूले समाजका यथार्थ समस्याहरू मञ्चन गरेर देखाएका थिए भने स्थानीय समुदाय र दर्शकहरूसँगै मिलेर त्यसको समाधानका उपायहरूबारे अन्तरक्रिया गरिएको थियो। यस कार्यक्रममा उपस्थित आम जनसमुदायबाट अत्यन्तै सकारात्मक र उत्साहजनक प्रतिक्रिया प्राप्त भयो। साथै, यस विशेष अवसरमा डा. रुबिना केसीद्वारा ४० भन्दा बढी महिलाहरूलाई स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। "स्वस्थ महिला, स्वस्थ समाज" को नारा बोकेको यस अभियानले यस संवेदनशील क्षेत्रका महिलाहरूलाई प्रारम्भिक जाँच, नियमित स्वास्थ्य परीक्षणको महत्त्व र स्वास्थ्य चौकीको पहुँचसँग जोड्न विशेष योगदान पुर्याएको छ।
कार्यक्रमले के गर्छ
- स्तन र गर्भाशय मुखको क्यान्सरबाट अत्यधिक प्रभावित वडा नं. १२ (बालुवा) मा विशेष जनचेतना अभियान
- अक्टोबर स्तन क्यान्सर सचेतना महिनाको अवसरमा शिल्पी कला समूहको "दृश्य धामिलो" नाटकको तेस्रो दिनको सफल प्रदर्शन
- फोरम थिएटर शैलीमार्फत यस संवेदनशील क्षेत्रका यथार्थ समस्या देखाउँदै दर्शकहरूसँगै समाधानको खोजी
- डा. रुबिना केसीद्वारा ४० भन्दा बढी महिलाहरूलाई स्वास्थ्य परामर्श प्रदान तथा सकारात्मक जनसहभागिता
- ४०+
- डा. रुबिना केसीद्वारा स्वास्थ्य परामर्श प्राप्त महिलाहरू
